१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नेपालकै ठूलो कागज कारखाना सञ्चालनमा, आवश्यकमध्ये करिव ४० प्रतिशत कागज उत्पादन हुने

नेपालकै ठूलो कागज कारखाना सञ्चालनमा, आवश्यकमध्ये करिव ४० प्रतिशत कागज उत्पादन हुने
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा रहेको नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ ।

अध्यक्ष ढकालको लगानीमा महोत्तरीमा नेपालकै सबैभन्दा ठूलो कागज उद्योग आज (बिहीवार) बाट पूर्ण रुपमा सञ्चालनमा गर्न लागिएको हो ।

विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र उर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले आजबाट कागज कारखाना सञ्चालन गरेको छ । ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी रहेको छ । महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको यस उद्योगमा सबै नेपाली लगानीकर्ताहरुको लगानी छ । २०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन शुरु गरिसकेको छ ।

अध्यक्ष ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताउनु भयो । नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानी गरेर अगाडि बढाउन लागिएको बताउनु भयो । उहाँले सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्नेगरी कानूनमा सुधार गरेकाले पनि अहिले लगानीको वातावरण बनेको जिकिर गर्नुभयो । उहाँले नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खास गरेर कोभिड, रसिया युक्रेन र श्रीलंकको अवस्था पछाडि आर्थिक क्षेत्रमा मन्दी आयो । त्यससँगै उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिएपछि नेपालमा लगानी गर्ने वातावरण गर्ने विषयमा आह्वान गर्न धेरै देशमा गएर एड्भोकेसी गरिरहेका छौँ । महासंघको तर्फबाट धेरै प्रयास गरिरहँदा सरकारले पनि टे«डिसनल कानूनहरु अध्यादेशमार्फत परिवर्तन गर्न पहल गरेको छ । त्यो आफैँमा सकारात्मक रुमपा भएको र निजी क्षेत्रले त्यसको स्वागत पनि गरेको छ । हामी वातावरण छैन, अवसर छैन भन्नेकुरा चिर्नको लागि नेपालमा धेरै सम्भावना छ, उत्पादनशिल क्षेत्रमा लाग्न सकिन्छ भनेर वेस्ट्रेज पेपरहरुबाट नेपालमा कागज कारखाना खोलेका छौँ । स्थानीय मेटेरियल प्रयोग गरेर नेपालमा उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले कागज कारखाना आजबाट शुरु गरिरहेका छौँ । वातावरण प्रदुषण गर्ने फोहोर चिजहरुबाट यो बनाइएको हो । चीन, भारत लगायत छिमेकी मुलुकहरुको बीचमा हामी छौँ । पर्यटनको हिसावले प्रमोट गर्नसक्ने हाम्रा हिल स्टेशनहरु छन् । त्यहाँ धेरै भन्दा धेरै मानिसलाई रोजगारी दिने । धेरै भन्दा धेरै कृषि उपजलाई पर्यटकले प्रयोग गर्नसक्ने र पूर्वाधार त्यसैअनुसार निर्माण गर्ने योजनाअनुसार निजी क्षेत्रले लगानी गरेर अघि बढाउन खोजेको छ । यसलाई सबै राजनीतिक दल, सबै जनसमुदाय र आम सर्वसाधारणले यसमा साथ दिनुपर्छ । आउने दिनमा सबै सर्वसाधारणहरुले यसबारे बुझ्नुहुनेछ ।’

विद्यालय,क्याम्पसमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । तर अब उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिव ४० प्रतिशत कागज नेपालमै उत्पादन हुनेछ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।