६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चौथो खुमबहादुर खड्का स्मृति भलिबल जारी

चौथो खुमबहादुर खड्का स्मृति भलिबल जारी
अ+ अ-

घोराही। घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा रोयल सिस्ने क्लब, न्यु होराईजन क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् ।

जिल्ला समन्वय समितिको मञ्चमा मंगलबारदेखि जारीे प्रतियोगितामा बुधबार भएका पाँच खेलमा रोयल सिस्नेले लगातार दुई खेल जित्दा गोरखा स्कुल, न्यु होराईजन र मणिमुकुन्द भलिबल क्लबले एक÷एक खेलमा जीत हासिल गरेका छन् ।प्रतियोगिता अन्तरगत बुधबार बिहान भएको पहिलो खेलमा रोयल सिस्नेले मणिमुकुन्द भलिबल क्लबलाई २६–२४ र २५–१८ को सोझो सेटमा हरायो ।

यसैगरी बुधवारको दोश्रो खेलमा न्यु होराईजन क्लबले गोरखा माविलाई २५–१० र २५–१७ को सोझो सेट र तैश्रो खेलमा रोयल सिस्ने क्लबले दाङ सोसाईटी क्लबलाई २५–२० र २५–२१ को सोझो सेटमा हराएको थियो ।

प्रतियोगिताअन्तर्गत दिउँसो भएको पहिलो खेलमा गोरखा माविले दंगीशरण गाउँपालिकालाई २५–१६ र २५ १८ को सोझो सेटमा हराउँदा प्रतियोगिताको बुधवारको अन्तिम र प्रतियोगिताको सातौँ खेल भने निकै रोमाञ्चक बन्यो । २–१ को सोटमा मणिमुकुन्दले दाङ सोसाईटी क्लबलाई हराएको थियो ।

जसमा पहिलो सेट मणिमुकुन्दले २५–१८ मा जित्दा दोस्रो सेटमा भने दाङ सोसाईटीले नाटकीय ढंगले आफ्नो पक्षमा पार्यो । १५–२३ को स्थितीमा रहेको नतिजालाई उल्टाउँदै दाङ सोसाईटीले लगातार १० अंक जोड्दै २५–२३ का साथ जित्यो । तर तेस्रो सेटमा मणिमुकुन्दले अवसर गुमाएन । उसले १५–१० को नतिजा निकाल्दै २–१ को सेटमा जित हासिल गरेको छ ।

योसँगै जारी प्रतियोगितामा मणिमुकुन्दले अर्को चरणको सम्भावना जिविदै राखेको छ भने दाङ सोसाईटी प्रतियोगिताबाट बाहिरिएको छ । आठ टिम सहभागी प्रतियोगितामा दुई समुह विभाजन गरी लिग चरणमा खेल भईरहेको नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

प्रतियोगिता अन्तरगत बिहीबार पनि पाँच खेल हुने छन् । फागुनको २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।