२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘योजना बैंकले बजेट निर्माणमा सहयोग पुग्ने’



फाइल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योजना बैंकले प्रदेश सरकारलाई बजेट निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ ।

कोशी प्रदेश योजना आयोगद्वारा आयोजित ‘कोशी प्रदेश स्तरीय आयोजना तर्जुमा सम्बन्धी अन्तक्र्रिया’को आज यहाँ उद्घाटन गर्दै उहाँले योजना बैंकको अवधारणले योजना समावेश व्यवस्थित भइ योजनाहरुको असन्तुलन घट्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भत्रुभयो, “प्रदेश सरकारको स्रोतसँगै बैंकको योजना पनि घटबढ भइरहन्छ ।” उहाँले रु ५० लाख भन्दा कमको योजना बैंकमा समावेश नगर्न कोशी प्रदेश सभाका सदस्यहरुलाई आग्रह गर्नुभयो । कोशी प्रदेश सरकार र स्वीस सरकारको संयुक्त लगानीमा प्रदेशमा चार वटा पदमार्ग निर्माण हुने जानकारी उहाँले दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने अनुदान कटौती हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै सरकार आन्तरिक आय बढाउन सम्भावित क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पर्यटनको नाममा जथाभावी खर्च गर्ने बानी हटाउनुपर्ने बताउँदै चोर बाटोबाट योजना समावेश नहोस् भनी योजना बैंकको व्यवस्था गरेको जानकारी दिनुभयो ।

कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले आय आर्जन गर्न सकिने क्षेत्रमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।सो कार्यक्रममा आयोगका सचिव मिमाँस अधिकारीले प्रदेश आयोजना बैंक व्यवस्थापन २०८१ को कार्यविधि सम्बन्धी र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर नेपालले प्रदेश स्तरीय आयोजनाको पहिचान तथा आयोजना तर्जुमा गोष्ठीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत कार्यपत्रमा कोशी प्रदेश सभाका सदस्यहरु होमबहादुर थापा, रामप्रसाद महतो, प्रदीपकुमार सुनुवार, मैया श्रेष्ठ, गोम्बु शेर्पा, तिलकुमार मेन्याङ्बो, गीतादेवी रेग्मी, सपना दर्जी, राजन किराती, नारायणबहादुर मगर, रामदेव यादव, शोभा चेम्जोङ्ग, सम्झना तामाङ्ग, गोपालबहादुर विश्वकर्मा, निरन राई, खिनु लङ्वा लिम्बू, विदुर लिङ्थेप, निर्मला तावा लिम्बू र कमल जवेगुले आआफ्नो धारणा सहित सुझाव दिनुभएको थियो ।रासस