२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई



पर्यटनमन्त्री बद्री पाण्डे ।
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जर्मनीको बर्लिनमा आयोजित पर्यटन व्यापार मेला आइटिबी बर्लिन र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसको कार्यक्रममा यही फागुन १८ गते जर्मनी प्रस्तान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको पर्यटन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीबाट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयको पत्रको व्यहोरा सभामुखको आसनबाट सांसद चन्दा कार्की (भण्डारी) ले पढेर सुनाउनुभएको थियो ।