२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई



पर्यटनमन्त्री बद्री पाण्डे ।
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पन्न भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जर्मनीको बर्लिनमा आयोजित पर्यटन व्यापार मेला आइटिबी बर्लिन र फ्रान्समा आयोजना हुने ७५ औँ अन्नपूर्ण दिवसको कार्यक्रममा यही फागुन १८ गते जर्मनी प्रस्तान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उहाँले सम्हाल्दै आउनुभएको पर्यटन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीबाट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयको पत्रको व्यहोरा सभामुखको आसनबाट सांसद चन्दा कार्की (भण्डारी) ले पढेर सुनाउनुभएको थियो ।