१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याउँछौँः प्रधानमन्त्री ओली

मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याउँछौँः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने धम्क्याउने गरेको बताउनु भयो । उहाँले यस्ता असामाजिक क्रियाकलापहरु मानव अधिकारको बिरुद्ध रहेको जिकिर गर्नुभयो । सरकारले मानव अधिकार रक्षकहरुको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्ने पनि बताउनु भयो । मानव अधिकार रक्षकहरुको सुरक्षा सरकारले गर्ने र कानूनमा कुनै कमी भए सरकारले समाधान गर्ने बताउनु भयो । मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याइने प्रतिवद्धता जनाउनु भयो । इमान्दार भएर सही उद्देश्यका लागि संघर्ष गर्नु सजिलो नभएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने, सत्य कुरा बोल्यो भने धम्क्याउने, धम्क्याउने पनि साधारण धम्की होइन, अत्यन्तै अमानवीय धम्की आउँछन् । यस्ता असामाजिक खालका क्रियाकलापहरु मानवहरुका बिरुद्ध छन् । हामी मानव अधिकार रक्षकहरुको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्दछौँ । सुरक्षा प्रदान गर्दछौँ । उनीहरुको सुरक्षाका लागि सरकारले काम गर्दछ । कानूनमा कमी छ भने त्यस्ता कमीहरु सरकारले हटाउँछ र मानव अधिकारको रक्षा गर्दछ, मानव अधिकार डिफेण्डरको रक्षा गर्दछ । मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याउँछ । यो अहिलेको सरकारको मानव अधिकार सम्बन्धी नीति हो । थुप्रै अग्रजहरुले मानव अधिकारका निम्ति धेरै योगदान गर्नुभएको छ । उहाँको आदार, सम्मान गर्न चाहन्छु । इमान्दार भएर सही उद्देश्यका लागि संघर्ष गर्नु सजिलो छैन । संघर्षका नाममा नक्कली झ्याली पिटाउनु, झुट, भ्रम फिँजाउनु, भ्रमको बादल छर्नु सजिलो हुन्छ । जे बोल्दा पनि हुनेकुरा गर्न सजिलो हुन्छ । तर निर्दिष्ट गन्तव्यका साथ अघि बढ्नु, त्यसका लागि संघर्ष गर्नु, भ्रम चिरेर सही बाटोमा देशलाई अघि बढाउनु सजिलो कुरा होइन ।’

प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन मानव अधिकार विस्तृत रुपमा प्रत्याभुति नभइ सम्भव नरहेको बताउनु भयो ।