१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मजदुर र किसानलाई प्राथमिकता दिँदै पार्टी सङ्गठन विस्तारमा अझै क्रियाशील हुन्छुः नारायणमान बिजुक्छे

मजदुर र किसानलाई प्राथमिकता दिँदै पार्टी सङ्गठन विस्तारमा अझै क्रियाशील हुन्छुः नारायणमान बिजुक्छे
अ अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीका नेता कार्यकर्ताले पार्टी सम्हाल्ने जिम्मेवारी पुनः आफूलाई दिएको बताउनुभएको छ ।

पार्टीका नवनिर्वाचित अध्यक्ष बिजुक्छेले राससका भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीसँग सङ्क्षिप्त कुराकानी गर्दै पार्टीको नीति तथा कार्यक्रमलाई देशभर लगी सङ्गठन विस्तार गर्न ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले मजदुर र किसानलाई प्राथमिकता दिँदै देश र जनताका पक्षमा अझै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष बिजुक्छेले भन्नुभयो, “साथीहरूले मलाई पार्टी सम्हाल्ने जिम्मेवारी पुनः दिनुभएको छ । नयाँनयाँ साथीलाई अरु ठाउँमा जिम्मेवारी दिने र तपाईं पार्टी सम्हाल्ने भनेर फेरि मलाई जिम्मेवारी दिनुभयो । विसं २०१४ देखि राजनीतिमा लागेँ । जहिलेसम्म सक्छु त्यतिबेलासम्म निःस्वार्थभावले देश र जनताका पक्षमा समर्पित भएर सेवा गर्नेछु ।”

संसदीय राजनीति त्याग गर्नुभयो, पार्टी अध्यक्ष चाँहि फेरि किन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “२५ वर्ष संसदीय राजनीति गरेँ, वीरक्तिएर आयो । संसद् गाली गर्ने थलोमा परिणत भयो, विज्ञता कम छ, मन्त्री हुनेहरुको दूरदृष्टि छैन, भ्रष्टाचार बढ्दो छ । पार्टीका नेताहरु नै सडकमा कार्यकर्तालाई टायर बाल्न लगाउँछन् । संसद् ऐन, नीति–नियम बनाउने थलो हो, कयाँै वर्ष ऐन–नियम निर्माण अड्किन्छ, संसद् कोष बनाएर दुरुपयोग हुन्छ, अनि वीरक्त लागेर आउँछ ।”

पैसा बाँडेर गरिने राजनीतिले देशको भलो नहुने भन्दै उहाँले सबै नेताले गम्भीर भएर देश र जनताको हितको लागि निःस्वार्थ भावनाले काम गरे देश बन्न समय नलाग्ने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष बिजुक्छेले नेता भएर आफ्नो परिवार र नातागोताको भविष्य मात्र हेर्ने होइन, देश र जनताको भविष्य हेर्ने हो भन्दै देश बने जनता र परिवार पनि बन्दछ भन्ने सोचसहित काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कुनै पनि गलत काम गर्नेलाई पार्टीमा राख्नै हुँदैन कारबाही गर्नुपर्छ भन्दै उहाँले नेमकिपाले यही नीति लिएको र सहकारी ठगीदेखि गलत काम गर्ने जो कोहीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अपराधमा संलग्न भएकालाई राजनीतिमा ल्याउन नहुने बताउँदै उहाँले ख्वप विश्वविद्यालय स्वीकृत नगर्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरू गुणस्तरसहितको उच्च शिक्षा र चिकित्सा शिक्षा पढ्नबाट वञ्चित हुनुपरेको भनी दुःख व्यक्त गर्नुभयो । नेता बिजुक्छेले कम शुल्क लिई गुणस्तरीय शिक्षा प्रदान गर्ने सेवाभावका साथ प्रस्ताव गरिएको ख्वप विश्वविद्यालय देशकै लागि आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

उहाँले पहिलाभन्दा अझै गम्भीर र थप जिम्मेवारी बोधका साथ पार्टीलाई अगाडि बढाउने र देशभरि पार्टीको विचारलाई फैलाउन सोचका साथ केन्द्रीय नेतृत्व आफूले गर्ने र अरु जिम्मेवारी बाँडफाँट गरी अझै सक्रिय भएर देश र जनताका पक्षमा निःस्वार्थ रुपले सेवा गर्ने बताउनुभयो ।

नेमकिपाका नवनिर्वाचित अध्यक्षले भन्नुभयो, “प्रदेशमा हामी त्यति सक्रिय थिएनौँ, अहिले प्रदेश समितिहरु व्यवस्थित रुपले काम गरिरहेका छन् । अब मधेस प्रदेशमा पनि सङ्गठन विस्तारको कामअघि बढ्छ र त्यहाँका जनतालाई राजनीतिक रुपले सचेत गर्दै पार्टीमा गोलबन्द गर्नेतर्फ ध्यान केन्द्रित गर्नेछौँ ।”

विदेशीलाई मात्रै दोष दिनुको सट्टा जिम्मेवार नेतृत्व पङ्क्ति सुध्रिनुपर्ने खाँचो औँल्याउँदै अध्यक्ष बिजुक्छेले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिने गरी देशमा समाजवाद स्थापना गर्नु नै नेमकिपाको लक्ष्य भएको स्पष्ट गर्नुभयो ।

पार्टीको आठौँ महाधिवेशनले संस्थापक नेता बिजुक्छेको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गर्नुका साथै सातै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । महाधिवेशनले १२ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको अध्यक्ष बिजुक्छेले जानकारी दिनुभयो ।