एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो सेमिफाइनल खेलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दैछन् । लाहोरको गद्दाफी क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको २ः४५ बजे बाट सुरु हुनेछ ।
आईसीसी च्याम्पियन्स ट्रफीमा दुवै टोली तेस्रो पटक भिड्दैछन् । अघिल्लो खेलमा दुवैले १–१ को जित निकालेका थिए । पछिल्लो पटक यी दुईले एकदिवसीयमा फेब्रुअरीमा त्रिकोणात्मक सिरिजमा आमनेसामने गरेका थिए, जसमा न्यूजिल्याण्ड ६ विकेटले विजयी भएको थियो।
एकदिवसीयमा दक्षिण अफ्रिका अगाडि
दक्षिण अफ्रिका र न्यूजिल्याण्डबीच अहिलेसम्म ७३ ओडीआई खेलिएको छ । जसमध्ये दक्षिण अफ्रिकाले ४२ र न्युजिल्यान्डले २६ खेल जितेको छ । ५ खेल भने अनिर्णित रह्यो । दुवै टोली लाहोरमा दोस्रो पटक भिड्दैछन् । यसअघि फेब्रुअरीमा दुवै त्रिकोणीय सिरिजमा आमनेसामने भएका थिए ।
आजको विजेता टोलीले फाईनलमा भारतसँग खेल्नेछ । भारतले मंगलबार भएको पहिलो सेमिफाईनल खेलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो । च्याम्पियन्स ट्रफीको फाइनल खेल आइतबार मार्च ९ मा हुने छ ।
दुबै टोलीको सम्भावित प्लेइङ– ११:
दक्षिण अफ्रिकाः टेम्बा बावुमा (कप्तान), एडेन मार्कराम, रायन रिकेल्टन, रस्सी भान डेर डुसेन, हेनरिक क्लासेन (विकेटकिपर), डेभिड मिलर, वेन मुल्डर, मार्को जेन्सन, कागिसो रबाडा, केशव महाराज र लुंगी एनगिडी।
न्यूजिल्याण्डः मिचेल सान्टनर (कप्तान), विल यंग, रचिन रविन्द्र, केन विलियमसन, डेरिल मिचेल, टम लाथम (विकेटकिपर), ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, म्याट हेनरी, काइल जेमिसन र विलियम ओुरुर्के।










