६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सम्पन्न

दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सम्पन्न
अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक आज सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको बैठकले विभिन्न चार बुँदे निर्णय गरेको छ ।

बैठकले दशौँ राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय यही फागुन २५ सुर्खेतमा स्थापना गर्ने, दशौँ राष्ट्रिय खेलकुदको सहआयोजकका रूपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकाले सोका लागि अनुरोध गर्ने, दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद्अन्तर्गत खर्च नहुने पुँजीगत रकम मध्येबाट कर्णाली प्रदेशलाई बजेट हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालयमार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने र दशौँ राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापनसम्बन्धी (पूर्वतयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेस गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस अवसरमा राखेपका सदस्य-सचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायत विषयमा जानकारी गराएका थिए ।

खेलकुद मन्त्री चौधरीले दशौँ राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउँदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न प्रदेश सरकारले सरोकार भएकाहरूसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्बरबहादुर थापा, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका बोर्ड सदस्य, विभिन्न राष्ट्रिय खेल संघ पदाधिकारी, होटेल एसोसिएसन नेपाल, उद्योग वाणिज्य महासंघ, विभागीय टोली, ओलम्पियन एसोसिएन अफ नेपाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

यही फागुन १५ गते बसेको राखेपको १२१ औँ बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । रासस