१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ केजी गाँजासहित दुई भारतीय पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ केजी गाँजासहित दुई जना भारतीय पक्राउ परेका छन् ।

थाइल्याण्डबाट गाँजा लिएर आएका भारतीय नागरिक माडातादोम थाधा भायालिल र ताजहाया कालारोतालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

थाइ एयरको उडानमार्फत काठमाडौँ झरेका उनीहरुको साथबाट छुट्टा छुट्टै १० र १२ केजी गरि २२ केजी गाँजा बरामत गरिएको प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धान भईरहेको जनाएको छ ।