काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु भएको छ ।
मंगलबार मैदानमा पूजाआजा गरी निर्माण कार्य सुरु गरिएको हो ।
प्यारापिट निर्माणको जिम्मा काठमाडौंको टङ्गालमा रहेको बिकेओआई–केसिडिसि– जेभीले पाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयको अनुसार प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको हो ।
कम्पनीले बुधबारदेखि पूर्णरूपमा काम सुरु गरेर आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी तयारी गरेको छ । त्यसका लागि आवश्यकता अनुसार सिफ्टहरू बनाइने बताईएको छ ।
त्रिवि मैदानमा फ्लडलाइट जडानको ठेक्का भने ललितपुरको गुसिंगलस्थित विशाण(ईश्वरी जोइन्ट भेन्चरले पाएको छ । फ्लडलाइटको काम भने सुरु हुन बाँकी छ ।










