२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक तीस अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा ३० दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र आज निरन्तर दोहोरो अङ्कले घटेको हो । एक दशमलव ०५ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक दुई हजार ८४६ दशमलव ३० को विन्दुमा कायम भएको छ ।

आज तीन सय १८ कम्पनीको दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर एक लाख २२ हजार ३३६ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव ०५, विकास बैङ्क शून्य दशमलव ३९, वित्त दुई दशमलव १०, होटल तथा पर्यटन शून्य दशमलव ९७ र जलविद्युत् समूह एक दशमलव ०८ प्रतिशतले घटेको छ ।

त्यसैगरी लगानी एक दशमलव ७५, जीवन बिमा शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन दुई दशमलव २१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा एक दशमलव ११, व्यापार शून्य दशमलव ८४ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने सिन्धु विकास बैङ्क लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको रु एक अर्ब नौ करोड ३० लाख ७८ हजार ९८३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर लिमिटेडको १३ लाख १७ हजार ८४२ कित्ता सेयर किनबेच भएको छ ।