६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एक सङ्क्रमितबाट नौ जनामा कोरोना सरेपछि…

एक सङ्क्रमितबाट नौ जनामा कोरोना सरेपछि…
अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका­३ स्थित एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो । ती महिलाको  कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैजनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सर्तकता अपनाइएको छ भने भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । 

सङ्क्रमित महिलाको सम्र्पकमा आएका २५ जनाभन्दा बढी रहेको सूचनापछि स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा शुरुमा परिवारका सदस्य र आफन्तसहित छ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो भने त्यसको भोलिपल्ट छ जनाको सम्र्पकमा आएकाको स्वाब परीक्षण गर्दा एक जना र एक जनाको सम्र्पकमा आएकाको स्वाब परीक्षण गर्दा सोमबार पुनः दुई जना गरी एकै व्यक्तिबाट हालसम्म ९ जनामा कोरोना सरेको पाइएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
 
बागलुङ नगरपालिका–३ स्थित हाडेपाखामा कुखुरापालक व्यवसायी गर्दै आउनुभएकी ती महिलाभन्दा अघि बानपा­२ की होटल व्यावसायी महिलामा कोरोना देखिएको थियो । उहाँको कन्ट्याक्ट ट्रेसिङबाट अन्य व्यक्तिमा सङ्क्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म संक्रमितको सम्पर्कमा आएका १५१ जनाको स्वाब परीक्षण गर्दा हालसम्म बागलुङ नगरपालिकामा १० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिनुभयो ।