१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छ: गृहमन्त्री लेखक

पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छ: गृहमन्त्री लेखक
अ अ+ अ-

भैरहवा । गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताउनुभएको छ । रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको आज एक कार्यक्रमबीच उद्घाटन गर्दै उहाँले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई पर्यटक र आमसेवाग्राहीसँग नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयो ।

कर्मचारीको व्यवहारले नै मुलुकको अवस्था बताउने उल्लेख गर्दै गृहमन्त्री लेखकले सचेत भएर सौहाद्र्रपूर्ण तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभयो । “अध्यागमन भनेको मुलुकको ऐना हो”, उहाँले भन्नुभयो, “कर्मचारीले सेवा दिँदा सभ्यता र विनम्रतापूर्वक ढङ्गले दिनुपर्छ । कहिलेकाहीँ पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन् तर यस्तोबला कर्मचारी विनम्रतापूर्वक प्रस्तुत हुनुपर्छ । सेवाको भावनाले काम गर्नुपर्छ । रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्ने छुट कर्मचारीलाई छैन ।”

गृहमन्त्री लेखकले यहाँ निर्माण गरिएका पूर्वाधारले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रुपमा स्थापित गरेको बताउनुभयो । मुलुकका सीमा क्षेत्रमा १३ अध्यागमन कार्यालय रहेका र ती कार्यालयले पर्यटकलाई नेपालमा घुमफिर गर्न सहज बनाएको उहाँको भनाइ थियो ।

“पछिल्ला दिनमा सबै नाकाबाट पर्यटक आगमन राम्रो पाइएको छ । यो ठाउँ बुद्ध जन्मस्थल भएकाले धार्मिक पयर्टनको सम्भावना छ । सरकारले पर्यटनमैत्री वातावरण बनाइरहेको छ, पर्यटकको आगमनलाई व्यवस्थित गरिरहेका छौँ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारको लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउँछ ।”

नेपालीहरु संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका नागरिक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा जस्तो व्यवहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताउनुभयो । वर्तमान सरकारले समृद्धिलाई पछ्याइरहेको उहाँको भनाइ थियो ।

“सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने तथा लगानी र व्यवसायीमैत्री वातावरण बनाउने काम गरिरहेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “परिणाम तत्कालै नदेखिए पनि विस्तारै नतिजा आउँछ ।” सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ थियो ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा सङ्केतहरु देखापरेको गृहमन्त्री लेखकले बताउनुभयो । “सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको छ । हामीले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न केही अध्यादेश जारी गरेका छौँ, ती अध्यादेशमा समेटिएका विषयवस्तुको सबैले प्रशंसा गर्दै छिटो कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएका छन्”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले अध्यादेश केही समयमै पारित हुने र आर्थिक क्षेत्रमा थप सुधार आउने दाबी गर्नुभयो ।

सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएकाले यहाँको विकासमा लागिपरेको बताउनुभयो । सीमा क्षेत्रको सडक लामो समय नबन्दा धुलोले स्थानीय र पर्यटकलाई हैरानी भएको उहाँको भनाइ थियो । “यो ठाउँको विकास हुँदा मुलुकले पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने धेरै आधार छन्”, प्रमुख खाँले भन्नुभयो ।

रु १० करोड २५ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो । अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी रहेको यो भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ ।