६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गाउँपालिकाको लगानीमा चिकित्सक नियुक्त

गाउँपालिकाको लगानीमा चिकित्सक नियुक्त
अ+ अ-

दार्चुला । मार्मा गाउँपालिकाले जनतालाई घर आगनमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै खर्चमा लटीनाथ स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गरेको छ । लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सकविहीन  छ । 

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले गाउँपालिकाको लगानीमा स्वास्थ्यचौकीमा चिकित्सक महादेव भट्टलाई नियुक्त गरिएको जानकारी दिनुभयो ।  “नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन चिकित्सक नियुक्त गरेका हौं” , उहाँले भन्नुभयो ।

गाउँपालिकाले कार्यविधि नै पारित गरी स्वास्थ्य चौकीमा आठौँ तहको चिकित्सक नियुक्ति गरेको हो । सो स्वास्थ्य चौकी अस्पतालका रुपमा  स्तरोन्नती समेत भएको छ ।  “हामीले स्तरोन्नतीको लागि अनुमति पाइसकेका छौ” उहाँ भन्नुहुन्छ, “तर मन्त्रालयले दरबन्दी पठाएको छैन् । अहिले दरबन्दीको चिकित्सक र स्वास्थ्यकर्मी नआएसम्म गाउँपालिकाले करारमा चिकित्सक राखेर सेवा प्रवाह गरेको हो ।”
चिकित्सकीय सेवा शुरुआत भएसँगै स्वास्थ्य चौकीलाई प्राप्त डिजिटल एक्स–रे उपकरण समेत सञ्चालनमा आउने गाउँपालिकाका स्वास्थ्य संयोजक चक्रसिह धामीले जानकारी दिनुभयो । “एक्स–रे मेसिन पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको थिएन,” उहाँले भन्नुभयो, “चिकित्सक आएसंगै उपकरण सञ्चालन हुनेछ ।”

चिकित्सक भट्टले दूरदराजका जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।  “दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिन पाउँदा निकै खुसी छु,” उहाँले भन्नुभयो । यसअघि चिकित्सक भट्टले गोकुलेश्वर अस्पतालमा सेवा गर्नुभएको हो । अस्पतालको करार सेवा अवधि सकिएपछि उहाँ मार्मा गाउँपालिका जानुभएको हो । गाउँपालिकामा अस्पताल स्वीकृत भएसंगै अस्पतालका लागि आवश्यक हुने ९ रोपनी जग्गाको छनौट कार्य समेत भइसकेको छ । 

लटिनाथमा चिकित्सक पुगेसँगै मार्मा, अपिहिमाल र केही नौगाड गाउँपालिकाका नागरिकलाई समेत स्वास्थ्य लिन सहज हुने भएको छ । यसअघि यस क्षेत्रका स्थानीयले चिकित्सकीय सेवा लिन शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पताल अथवा दार्चुला जिल्ला अस्पताल आउनुपर्ने बाध्यता थियो । आफ्नै ठाउँमा चिकित्सक आएपछि यहाँका विरामीलाई सहज हुने मार्माका स्थानीय दिपेन्द्र विष्टले जानकारी दिनुभयो । “चिकित्सकसहितको सेवा पाउनु हाम्रो लागि राम्रो हो”, उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रमा चिकित्सक आएर सेवा शुरु गरेकोमा निकै खुसी छौ ।”

दार्चुलामा जिल्ला अस्पताल र अर्को गोकुलेश्वर अस्पताल छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका नगरपालिकामा मात्रै अस्पताल छन् । जिल्लाका अन्य स्थानीय तहले चिकित्सक नियुक्त गर्न सकेको छैनन् ।