विराटनगर । मोरङमा एउटै डोरीमा झुण्डिएको अवस्थामा महिला र पुरुष मृत फेला परेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखमा एउटै हाँगोमा झुन्डिएको अवस्थामा युवा–युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।
मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा मृत फेला परेका हुन् ।
उनीहरु दुवै विवाहित रहेका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । मृतक अजयको घरमा श्रीमती र २ जना छोरा छन् भने जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरु विवाहेत्तर सम्बन्धमा रहेको डीएसपी दाहालले बताए ।










