एजेन्सी । विक्की कौशलको फिल्म ‘छावा’ले रिलिज भएको तेस्रो हप्तामा पनि राम्रो कमाई गरिरहेको छ ।
बक्स अफिसमा रिलिज भएको तेस्रो सोमबार अर्थात् १८ औँ दिन ‘छावा’ले ८.५० करोड भारु कलेक्सन गरेको छ । यससँगै फिल्म ५ सय करोड कमाउनबाट थोरै मात्र टाढा छ ।
यो फिल्मले रिलिजको पहिलो तीन दिनमै बक्स अफिसमा सय करोडभन्दा बढीको व्यापार गरेर इतिहास रचेको थियो । ‘छावा’ले ३१ करोड कमाएर खाता खोलेको थियो ।
फिल्मले पहिलो हप्तामा २१९.२५ करोड कमाएको थियो भने दोस्रो हप्तामा १८०.२५ करोड भारु बराबर कलेक्सन गरेको सेकनिल्कले जनाएको छ ।
यस्तै, फिल्मले १५ औं दिन १३ करोड कमाउदा १६ औं दिनमा २२ करोड, १७ औं दिन २२ र १८ औं दिन ८.५० करोड भारु कलेक्सन गरेको छ । योसँगै ‘छावा’को १८ दिनमा कुल कमाई ४६७.२५ करोड पुगेको छ ।
फिल्ममा विक्कीसँगै रश्मिका मन्दना, आशुतोष राणा र दिव्या दत्तजस्ता कलाकारहरुको अभिनय रहेको छ ।










