१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

टीम इन्डियाको जितको कामना गर्दै फ्यानहरुले काशीमा शिव अभिषेक गरे

टीम इन्डियाको जितको कामना गर्दै फ्यानहरुले काशीमा शिव अभिषेक गरे
अ अ+ अ-

एजेन्सी । च्याम्पियन्स ट्रफीमा आज भारत र अष्ट्रेलियाबीचको सेमिफाइनल खेल दुबईको अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ ।

सन् २०२३ मा भएको एकदिवसीय विश्वकपको फाइनलमा भारत अस्ट्रेलियासँग घरेलु मैदानमा पराजित हुँदै स्तब्ध भएको थियो । एक पटक फेरी अस्ट्रेलियासँगको हार टार्न क्रिकेट फ्यानहरू प्रार्थना गरिरहेका छन् ।

बिहानैदेखि क्रिकेट फ्यानहरू सेमिफाइनलमा भारतको जितका लागि आ–आफ्नो तरिकाले प्रार्थना गरिरहेका छन् । बनारसका क्रिकेट फ्यानहरूले भारतको जितका लागि सारनाथ शिव मन्दिरमा ११ लिटर दूधले भगवान शिवलाई अभिषेक गरेका छन् ।

आलोक शरणले भारतको जितका लागि प्रार्थना गरेको बताएका छन् । उनले दैनिक भाष्करसँग भने, हामी भारतले २०२३ ओडीआई विश्वकपको फाइनलमा भएको हारको बदला लिन चाहन्छौं । हामीले भारतीय कप्तान रोहित शर्माबाट धेरै अपेक्षा गरेका छौं । योसँगै हामी विराट कोहलीको उत्कृष्ट ईनिङ हेर्न चाहन्छौ ।’

राजस्थानका युवा फ्यानहरूले पनि भारत र अष्ट्रेलियाबीच कडा प्रतिस्पर्धा हुने बताएका छन् । भारतले जितमा रोहित, विराट र शुभमन गिलले राम्रो पारी खेल्ने अपेक्षा गरिएको छ ।

रविन्द्र जडेजाकी श्रीमतीले भनिन्– यो खेल भारतले जित्नेछ

भारत र अष्ट्रेलियाबीच आज हुने खेलको बारेमा कुरा गर्दै टीम इण्डियाका अलराउन्डर रविन्द्र जडेजाकी पत्नी तथा बीजेपी विधायक रिवाबा जडेजाले यो खेल भारतले जित्ने बताएकी छिन् । उनले भनिन् , ‘हामीले यो खेल जित्ने छौं । भारत र पाकिस्तानपछि भारत र अष्ट्रेलियाबीचको खेल पनि निकै रोमाञ्चक छ । म मात्र होइन, भारतभरका क्रिकेटप्रेमीहरूलाई हामी सेमिफाइनलको अवरोध अवश्य पार गर्नेछौं भन्ने पूर्ण विश्वास छ।

हेड–टु–हेड मा अस्ट्रेलिया अगाडि

भारत र अस्ट्रेलियाबीच अहिलेसम्म १५१ ओडीआई खेलिएको छ । जसमा भारतले ५७ खेल जितेको छ भने अष्ट्रेलिया ८४ खेल जितेको छ । १० खेलमा नतिजा आएको छैन । दुबईमा भने दुवै टोली पहिलो पटक भिड्दैछन् । भारतले प्रतियोगितामा आफ्ना तीनवटै खेल यही मैदानमा खेलेको थियो भने अष्ट्रेलियाले तीनवटै खेल पाकिस्तानमा खेलेको थियो।

आईसीसी प्रतियोगितामा पनि अष्ट्रेलिया अगाडि

आईसीसीका दुई ओडीआई प्रतियोगिताहरू विश्वकप र च्याम्पियन्स ट्रफीमा अष्ट्रेलिया अगाडि रहेको छ । यी दुई टोलीबीच हालसम्म १८ पटक भिडन्त भएको थियो । जसमा भारतले ७ र अष्ट्रेलियाले १० पटक जितेको छ । यस अवधिमा एक खेल पनि अनिर्णित रह्यो ।

आईसीसी प्रतियोगिताको नकआउटमा भने दुवै टोली ९ औं पटक भिड्दैछन् । यसअघिका ८ खेलको नतिजा बराबरी रहेको थियो । दुवैले ४–४ पटक जितेका छन् ।