३ भाद्र २०८३, बुधबार
,
Latest
कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा



अ+ अ-

वीरगञ्ज। नेपाल पुलिस क्लब यहाँ जारी दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको खेलमा पुलिस क्लबले बागमती युवा क्लब, सर्लाहीलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको १६औँ मिनेटमा पुलिस क्लबका मनिष सेढाईले उत्कृष्ट गोल गर्दै खेलमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । विवेक पाण्डेको उत्कृष्ट पासमा सेढाईले हेडिङमार्फत गोल गरेका थिए ।

यस्तै खेलको २६औँ मिनेटमा बागमती युवा क्लबका भुपाल मगरले गोल गरेका थिए । यसैगरी खेलको ७६औँ मिनेटमा पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले उपलब्ध गराएको पासको सदुपयोग गर्दै सोही क्लबका उज्ज्वल राईले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइन प्रवेश गराएका थिए ।

सेमिफाइनमा अब पुलिस क्लबले आयोजक वीरगञ्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यही फागुन १७ गतेदेखि सुरु भएको वीरगञ्ज गोल्डकप फागुन २४ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय एघार तथा उपविजेताले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कार पाउने छ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।रासस