१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्राध्यापक खरेलको पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण

प्राध्यापक खरेलको पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण
अ अ+ अ-

काठमाडौँ । लेखक तथा प्राध्यापक पी खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ ।

सोमवार काठमाडौंमा एक समारोहकाबीच त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले पुस्तकको लाकोर्पण गर्नुभएको हो ।

लोकार्पण कार्यक्रममा बोल्दै लेखक तथा प्रध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताउनु भयो । पुस्तकमा ८० प्रतिशत सामग्रिहरु विश्व दृष्टिकोणबाट लेखेको उहाँको भनाइ छ । उहाँले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डिकरणको प्रवेश भएको बताउनु भयो । उहाँले नेपालका अधिकांश पत्रकारहरु राजनीतिक दलको भ्रातृ संगठनको सदस्य रहेको कारण समस्या भएको उल्लेख गर्दै उहाँले यसलाई शुद्धीकरण गर्नुपर्नेमा आफ्नो जोड रहेको बताउनु भयो ।

उहँले भन्नुभयो, ‘अहिलेको पुस्तक चाहीँ आदर्शको हिसाबले पत्रकारिता चौथो अंग नै हो । तर राजनीतिकरण, खण्डिकरणको प्रवेश पत्रकारिता क्षेत्रमा नेपालमा मात्र होइन विश्वभरी नै भयो । र मेरो पुस्तकमा ८० प्रतिशतभन्दा बढी सामग्रि विश्वको दृष्टिकोणबाट मैले तयार गरेको छु । मैले पश्चिमा देशको अवस्थाहरुबारे विज्ञहरुसँग राखेको छु भने नेपालको अवस्थामा केही स्रोतहरु लिएको छु । नेपालको पत्रकारितामा पनि राजनीतिकरण भएको छ । धेरै पत्रकारहरु राजनीतिक दलको भातृ संगठनको सदस्य भएको हिसावले त्यो शंकास्पद हुन्छ । यसलाई शुद्धिकरण गर्नुपर्छ भन्ने मेरो जोड हो ।’

पछिल्लो समय नेपालको मात्र नभई अमेरिका र युरोपको समते पत्रकारिताको स्तर खस्किदै गएको बताउनु भयो ।