२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा क्याम्पसमा तोडफोड



अ+ अ-

बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विपक्षी दल निकट विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका छन् ।

आइतबार विभिन्न माग राखेर विद्यार्थी संगठनहरूले निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए । सोहि कुरामा माग पूरा नगरी निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै सोमबार उनीहरुले क्याम्पसको हलमा तोडफोड गरेका हुन् ।

एमालेनिकट अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरु क्याम्पस प्रवेश गरेपछि समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले कुर्सी तोडफेड गरेको अनेरास्ववियु क्याम्पस अधयक्ष विवेक भण्डारीले जनाएका छन् ।