२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज पारस तीन दिन अस्पतालमै रहने



अ+ अ-

काठमाडौं । हृदयघातपछि अस्पताल लगिएका पूर्वयुवराज पारस शाह तीन दिन अस्पतालमै रहने भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

उनको उपचारमा डा.यादव भट्टसहितको चिकित्सक टोली खटिएको छ । उनको आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ । २४ घण्टाभन्दा बढी समय ‘अब्जर्भ’ मा राख्नुपर्ने कारण उनलाई अझै तीन दिन अस्पतालको निगरानीमा राखिने उपचारमा संलग्न चिकित्सक बताए ।

पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । यसअघि उनलाई २०७५ माघ महिनामा हृदयघात भएको थियो ।

 

 

 




भर्खरै