१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कर्णालीका १५५ पालिकाको स्तर निर्धारण, ८० प्रतिशत स्रोत व्यवस्थापन केन्द्र सरकारले गर्ने

कर्णालीका १५५ पालिकाको स्तर निर्धारण, ८० प्रतिशत स्रोत व्यवस्थापन केन्द्र सरकारले गर्ने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले कर्णालीका १५५ पालिकालाई सरकारले दिने ८० प्रतिशत स्रोतबाट फाइदा पुगेको बताउनुभएको छ ।

काठमाडौंमा सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले २० वटा सूचकको विश्लेषण गरेर कर्णालीका १५५ पालिकाको स्तर निर्धारण गरेको बताउनु भयो । उहाँले पालिकाले ५० प्रतिशत र केन्द्र सरकारले ५० प्रतिशत स्रोत व्यवस्थापन गर्नेगरी भएको पुरानो व्यवस्था परिवर्तन गरेर ८० प्रतिशत केन्द्रले र २० प्रतिशत पालिका वा प्रदेश व्यहोर्ने गरी परिवर्तन गरेको बताउनु भयो । स्रोत व्यवस्थापनमा भएको परिवर्तनले पालिकाहरुको प्रतिक्रिया सोचेभन्दा राम्रो भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘फरक—फरक क्यापासिटीमा हामीले फिप्टी प्रतिशत केन्द्र सरकारले र फिप्टी प्रतिशत पालिका वा प्रदेशले राख्ने भनेर बनाएका रहेछौँ । २० वटा जति इण्डिकेटर एनालाइसिस गर्यौँ र अहिले चाहीँ रिसेन्ट्ली उपलब्ध भएका त्यो इण्डिकेरको आधारमा पालिकाको लेभल छुट्याऔँ । पालिकाले तल भयो भने बढी बेनिफिट पाउँछु भन्ने हिसावले तलै बसिराख्नु नपरोस्, नेगेटिभ इन्टेन्सन नहोस् भनेर त्यो इण्डिकेटर इन्कर्पोरेट गरेका छौँ । त्यो राखेर पालिकाको ¥याङ्किङ ग¥यौँ । त्यसपछि इक्वेटी बेसमा एनालाइसिस ग¥यौँ जुन चाहीँ इफोर्स र अरु मेहेनतको हिसावले पावरफुल पालिका हुन् तिनीहरु । तर अहिलेको रिभेनुको हिसावमा रिसोर्स नपुगेका रहेछन् । ती पालिकाहरुलाई र्याङ्किङ गरेर १५५ पालिकालाई ८० प्रतिशत केन्द्र सरकाले र २० प्रतिशत उहाँहरुले राख्ने भनेर चेन्ज ग¥यौँ । हामीलाई अलिअलि शंका के थियो भने जस्को रिसोर्स पहिला ५०÷५० थियो अहिले घटेर चिन्ता मान्नुहुन्छ कि भन्ने तर यस्तो वेलकम आयो कि जस्तो काठमाडौंले ८० प्रतिशत र २० प्रतिशत सरकारले राख्नुपर्छ, उहाँहरुले हामी काठमाडौंको लेभलमा पुग्यौँ, हाम्रो पालिका समृद्ध भयो भनेर वेलकम गर्नुभयो । हामीले एक्स्पेटेशन गरेको भन्दा धेरै राम्रो भयो ।’

उपाध्यक्ष प्रा.डा. अधिकारीले कर्णालीका पालिकाबाट शुरु गरेको स्रोत व्यवस्थापनका कार्य सबै प्रदेशका पालिकामा गर्दै जाने बताउनु भयो ।