२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिको बालुवाखानीमा भ्रष्टाचारः पूर्वएलडीओसहित तीनजना पक्राउ



अ+ अ-

काठमाडौं । पशुपतिको जग्गामा बालुवाखानी  सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मीलाई पक्राउ गरेको हो ।

नियम विपरीत बालुवाखानी सञ्चालनको स्विकृती दिएर पशुपतिनाथको आम्दानी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पूर्वएलडीओसहित ९ जना विरुद्ध २०७१ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा बालुवाखानी सञ्चालन गर्न दिँदा जिविसको रोयल्टीमा भ्रष्टाचार गरेको आरोपमा साढे ३८ लाख रुपैंया भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले महेन्द्रलाल श्रेष्ठलाई ७८ लाख ५३ हजार जरिवाना हुने आदेश गरेको थियो ।

अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशी माथि ६ महिना कैद सजायको फैसला भएको थियो । उनले २ करोड ३७ लाख रुपैंया भ्रष्टाचार गरेको ठहर सहित सर्वोच्च अदालतले त्यति नै रकम जरिवाना गर्ने फैसला गरेको हो । काठमाडौं जिविसका तत्कालिन योजना अधिकृत राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिवानाको फैसला भएको थियो ।