राजविराज । सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा बाघको आक्रमणबाट स्थानीय ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्री घाइते भएका हुन् ।
उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्सपेक्टर उदय कुमार राईले जानकारी दिए ।
उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्तीमा आएको अनुमान गरिएको छ । बाघलाई जंगल क्षेत्रमै फर्काउन फत्तेपुरको प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली वस्तीमा परिचालित गरिएको उनले जनाए ।










