२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूजा र कविता एक्स्ट्राटेकको ‘ब्राण्ड एम्बेसडर’



अ+ अ-

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका सदस्य पूजा महतो र कविता कुँवर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

महतो र कुवँरलाई एक्स्ट्राटेकले आगामी दुई वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । महतो र एक्स्ट्राटेकका प्रवन्ध निर्देशक विनोद कुवँरले आईतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक कार्यक्रमकावीच सम्झौता गरे । दुई वर्षका लागि नियुक्त गरिए पनि रकम खुलाइएको छैन । तर मासिक रुपमा महतो र कुँवरलाई रकम उपलब्ध गराईनेछ ।

एक्स्ट्राटेकका प्रबन्ध निर्देशक तथा सञ्चालक कुवँरले खेलाडीलाई खेलमा केन्द्रित हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुवँरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए । उनले नेपाली महिला क्रिकेटको भविष्य उज्वल रहेको र युवा खेलाडीले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने विश्वास व्यक्त गरे ।

निर्देशक कुवँरले खेलाडीहरुलाई खेल खेलेर पनि बाँच्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताए । उनले ब्राण्ड एम्बेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिवद्धता जनाउँदै आगामी दिन थप अरु खेलाडीहरुलाई समेटेर लैजाने योजना रहेको बताएका छन् ।
कार्यक्रममा नेपाल क्रिकेट संघ ९क्यान०का केन्द्रिय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्राण्ड एम्बेसडर बनेको बताउँदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले निजी लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निमार्ण गरी ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीका लागि अर्को काम गरेर विनोद कुँवरले नेपाली क्रिकेटमा उत्साह थपेको बताए ।

सो अवसरमा ब्राण्ड एम्बेसडर नियुक्त भएकी महिला क्रिकेट टिमकी सदस्य पूजा महतोले यु–१९ को टिम छनौटका लागि एक्स्ट्राटेक ओवल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेल जीवनको स्वर्ण क्षण भएको स्मरण गर्दै एम्बेसडर नियुक्तिले आफुलाई हौसला र खेलमा केन्द्रित हुने अवस्था बनेको भन्दै खुशी व्यक्त गरिन् । महतोले यसले आफूलाई धेरै हौसला प्रदान गर्नुका साथै आफ्नो खेल जीवनमा धेरै सहयोग पुग्ने बताइन् ।

अर्की क्रिकेटर कविता कुँवरले आफू पहिलो पटक मैदानमा आएको र निकै खुशी लागेका भन्दै एक्स्ट्राटेकसँग जोडिएको सम्बन्धले आफूलाई अझ राम्रो गर्न प्रेरणा मिलेको बताइन् ।

एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यु–१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यसअघि नै ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।