२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप हेर्न नेपाल आईपुगे इटालियन गोलकिपर बुफोन



अ+ अ-

काठमाडौँ । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन नेपाल आईपुगेका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आएका हुन् ।

यसअघि बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका थिए ।

केपी ओली कपको फाइनल खेल भोलि दशरथ रङ्गशालामा हुँदैछ । उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबले खेल्ने छन् ।