२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानार्थ सदस्यतासहित कलाकार खनाललाई चलचित्र कलाकार सङ्घको सम्मान



अ+ अ-

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घले वरिष्ठ लोक तथा दोहोरी गायक, चलचित्रकर्मी एवं पत्रकार रामप्रसाद खनाललाई मानार्थ सदस्यतासहित सम्मान गरेको छ ।

नेपाल चलचित्र कलाकार सङ्घको कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सङ्घ अध्यक्ष एवं वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले खनाललाई उक्त मानार्थ सदस्यतासहित सम्मान गर्नुभएको हो । कार्यक्रममा नेपाल चलचित्र कलाकार सङ्घका पदाधिकारीहरू, कार्य समितिकाका सदस्य एवं कलाकारहरू उपस्थित हुनुहुन्थ्यो ।

रविन्द्र खड्का अध्यक्ष रहनुभएको बेला अर्थात अघिल्लो कार्य समितिका पालामा नै खनाललाई मानार्थ सदस्यतासहित सम्मान गर्ने निर्णय भएकोमा खनाल देश बाहिर रहनुभएकोले प्रदान गर्न ढिलाइ भएको थियो । सोही निर्णयअनुसार अहिले खनाललाई मानार्थ सदस्यतासहित सम्मान गरिएको अध्यक्ष मोहन निरौलाले बताउनु भयो । निरौलाले खनाल गीत सङ्गीत, चलचित्र, साहित्य, लेखनदेखि पत्रकारिता हुँदै संस्कृतिका क्षेत्रमा स्वदेश होस वा विदेश जहाँ हुँदा पनि ठूलो योगदान दिनुभएको र वहाँलाई मानार्थ सदस्यता सहित सम्मान गर्न पाउँदा आफू र चलचित्र कलाकार सङ्घ गौरवान्वित भएको बताउनु भयो ।

मानार्थ सदस्यतासहित सम्मान ग्रहणपछि बोल्दै खनालले नेपाल चलचित्र कलाकार सङ्घको पूर्वकार्यकारी समिति, अध्यक्ष रविन्द्र खदासहित हालको कार्य समितिलाई पनि धन्यवाद र आभार प्रकट गर्दै आफू सक्दो योगदान जारी राख्ने बताउनु भयो । नेपाल चलचित्र कलाकार सङ्घका पूर्वअध्यक्ष एवं चलचित्र नायक रविन्द्र खड्काले विशेष कामले आफू कार्यक्रममा उपस्थित हुन नसकेको खनाललाई बधाई तथा शुभकामना पठाउनुभएको थियो । खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष पनि हुनहुन्छ । हाल उहाँ अमेरिकामा बसोवास गर्दै आउनुभएको छ ।