२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानार्थ सदस्यतासहित कलाकार खनाललाई चलचित्र कलाकार सङ्घको सम्मान



अ+ अ-

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घले वरिष्ठ लोक तथा दोहोरी गायक, चलचित्रकर्मी एवं पत्रकार रामप्रसाद खनाललाई मानार्थ सदस्यतासहित सम्मान गरेको छ ।

नेपाल चलचित्र कलाकार सङ्घको कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सङ्घ अध्यक्ष एवं वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले खनाललाई उक्त मानार्थ सदस्यतासहित सम्मान गर्नुभएको हो । कार्यक्रममा नेपाल चलचित्र कलाकार सङ्घका पदाधिकारीहरू, कार्य समितिकाका सदस्य एवं कलाकारहरू उपस्थित हुनुहुन्थ्यो ।

रविन्द्र खड्का अध्यक्ष रहनुभएको बेला अर्थात अघिल्लो कार्य समितिका पालामा नै खनाललाई मानार्थ सदस्यतासहित सम्मान गर्ने निर्णय भएकोमा खनाल देश बाहिर रहनुभएकोले प्रदान गर्न ढिलाइ भएको थियो । सोही निर्णयअनुसार अहिले खनाललाई मानार्थ सदस्यतासहित सम्मान गरिएको अध्यक्ष मोहन निरौलाले बताउनु भयो । निरौलाले खनाल गीत सङ्गीत, चलचित्र, साहित्य, लेखनदेखि पत्रकारिता हुँदै संस्कृतिका क्षेत्रमा स्वदेश होस वा विदेश जहाँ हुँदा पनि ठूलो योगदान दिनुभएको र वहाँलाई मानार्थ सदस्यता सहित सम्मान गर्न पाउँदा आफू र चलचित्र कलाकार सङ्घ गौरवान्वित भएको बताउनु भयो ।

मानार्थ सदस्यतासहित सम्मान ग्रहणपछि बोल्दै खनालले नेपाल चलचित्र कलाकार सङ्घको पूर्वकार्यकारी समिति, अध्यक्ष रविन्द्र खदासहित हालको कार्य समितिलाई पनि धन्यवाद र आभार प्रकट गर्दै आफू सक्दो योगदान जारी राख्ने बताउनु भयो । नेपाल चलचित्र कलाकार सङ्घका पूर्वअध्यक्ष एवं चलचित्र नायक रविन्द्र खड्काले विशेष कामले आफू कार्यक्रममा उपस्थित हुन नसकेको खनाललाई बधाई तथा शुभकामना पठाउनुभएको थियो । खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष पनि हुनहुन्छ । हाल उहाँ अमेरिकामा बसोवास गर्दै आउनुभएको छ ।