६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

परीक्षण बढेपछि भिटीएम अभाव

परीक्षण बढेपछि भिटीएम अभाव
अ+ अ-

 सप्तरी । सरकारले कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि प्रदेश नं २ मा भिटीएम (स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ । सप्तरीसहित प्रदेश नं २ मा भिटीएम अभाव हुन थालेपछि कोरोना भाइरस परीक्षणका लागि गरिने स्वाब सङ्कलन कार्य प्रभावित हुन थालेको हो ।

प्रदेश नं २, सामाजिक विकास मन्त्रालयका अनुसार गत चैतदेखि असार मसान्तसम्ममा प्रदेशमा ४९ हजार स्वाब सङ्कलन भएकामा साउनदेखि स्वाब सङ्कलनको दायरा अत्यधिक बढ्दा बुधबारसम्ममा ९१ हजार ७०८ स्वाब सङ्कलन भएको छ । सबैभन्दा बढी रौतहट, पर्सा र सप्तरीमा स्वाब सङ्कलन भएको सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले जानकारी दिएका छन् । असार मसान्तसम्म पाँच हजार ४४० जनाको स्वाब सङ्कलन भएको सप्तरीमा हाल १३ हजार १६५ को स्वाब सङ्कलन भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । हालसम्म रौतहटमा १९ हजार ५२५ र पर्सामा १७ हजार ७३७ जनाको स्वाब सङ्कलन भएको छ ।

नेपालमा बुधबार ८८५ सङ्क्रमित थप हुँदा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ । तीमध्ये सात हजार ४५ महिला छन् । सङ्क्रमित हुनेमा पनि प्रदेश नं २ सबैभन्दा अगाडि रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमा प्रदेश नं २ को सर्लाहीमा १२०, धनुषामा ४३, बारामा २४, रौतहटमा २०, महोत्तरीमा १८, सिरहामा तीन तथा सप्तरी र पर्सामा एक÷एक जनामा सङ्क्रमण पुष्टि गरेको छ । यसरी ५८ महिलासहित २३० सङ्क्रमित थपिँदा प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या एक हजार ४२१ महिलासहित नौ हजार ९४५ पुगेको छ । सात प्रदेश भएको देशमा प्रदेश नं २ मा मात्र झण्डै २९ प्रतिशत सङ्क्रमित पुष्टि भएको छ । सङ्क्रमितमध्ये चार हजार ४३९ जना निको भएर घर फर्किएका छन् ।

अहिले प्रदेश नं २ मा सङ्क्रमण दर सबैभन्दा धेरै भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका, शङ्कास्पद र सक्रिय सङ्क्रमित गरी दैनिक करिब एक हजार व्यक्तिको परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताउनुभयो । 

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले पनि दैनिक १५० देखि २०० को स्वाब सङ्कलन गर्दै आएको सप्तरीमा अब बाँकी ३५० मात्र भिटीएम बाँकी रहेको जनाउनुभयो । भिटीएम सकिन लागेपछि स्वाब सङ्कलन कार्य पनि कम गर्नुपरेको उहाँले जानकारी दिनुभयो । उहाँले उपलब्ध भिटीएम दुईरतीन दिनमा सकिने र थप भिटीएम नआए स्वाब सङ्कलन कार्य रोकिने बताउनुभयो । प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रदेखि सम्बन्धित निकायसँग माग गर्दै आइरहेको जानकारी दिँदै उहाँले सकिनुअगावै भिटीएम किट आउने आशा व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार दुई महिलासहित ११ जनाको मृत्यु पुष्टि गरेसँगै नेपालमा मृतकको सङ्ख्या १७५ पुगेको छ । मृत्यु हुनेमा पनि प्रदेश नं २ अगाडि रहेको छ । पछिल्लो पटक महोत्तरीमा तीन जनाको मृत्यु पुष्टि भएसँगै यस प्रदेशमा मृतकको सङ्ख्या ७३ पुगेको छ । यो एक्लै मुलुकमा कुल मृतक सङ्ख्याको ४१ प्रतिशतभन्दा बढी हो ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित हुने कुल सात जिल्लामध्ये पाँच जिल्ला प्रदेश नं २ कै छन् । महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाहीमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १४ हजार ७३९ सक्रिय सङ्क्रमितमध्ये प्रदेश नं २ मा संस्थागत आइसोलेसनमा एक हजार ८८१ र होम आइसोलेसनमा तीन हजार ६७५ गरी पाँच हजार ५५६ सक्रिय सङ्क्रमित छन् । 

    सप्तरीको संस्थागत क्वारेन्टिनमा हाल २३ महिलासहित २२९ छन् भने होम क्वारेन्टिनमा २४६ जना छन् । प्रदेश नं २ मा सङ्क्रमित दर बढ्दो रहेको तथा क्वारेन्टिनमा रहेका शङ्कास्पद र आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत बढिरहेकाले प्रत्येक जिल्लामा तत्काल पाँच हजार भिटीएम मौज्दात हुनुपर्ने निमित्त प्रमुख यादवको भनाइ छ ।