६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बि.आर्सी नेपालको रातो बाल्टी कार्यक्रम मार्फत अछाम जेसिजले यसरी बाड्यो राहात….(फोटो फिचर)

बि.आर्सी नेपालको रातो बाल्टी कार्यक्रम मार्फत अछाम जेसिजले यसरी बाड्यो राहात….(फोटो फिचर)
अ+ अ-

अछाम ।  बि.आर्सी नेपाल अन्तरगतको रातो बाल्टी कार्यक्रम काठमाडौंको आर्थिक सहयोगमा अछाम जेसिजले एक सय जना महिला, बालबालिकालाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको छ। अछाम जेसिजले भौतिक दुरी कायम गर्दे  मंगलसेन नगरपािलकाको समन्वयमा प्रति ब्यक्ति २५ केजि चामल, २ केजि दाल, १ लिटर तेल, २ वडा हात धुने सावुन, १ केजि चिनि र १ केजि नुन गरी कम्तीमा १४ दिन सम्म खान पुग्ने गरी बितरण गरीएको बताईएको छ ।

अछाम जेसीज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसिको अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा बस्ति नै पुग्नु भएको मंगलसेन नगपालिकाका प्रमुख पदम बहादुर बोहराले कोरोना भाइरसको संक्रमण बाट बच्न सबैले आ–आफ्नो आनिबानिमा परीवर्तन ल्याउनु पर्ने बताउनु भएको छ । यसबाट बच्नका लागि बिश्व स्वास्थ्य संगठनले अनिवार्य रुपमा पालन गर्न भनेका सबै नियम पालन गरे कोरोनाबाट बच्न सकिने बताउनु भयो ।

नगरपालिकाले एक हप्ताको शिल कोरोनाभाईरसको संक्रमण समुदाय स्तर सम्म नफैलियोस भन्ने उद्देश्यले सबैलाई पालना गरि घरमै सुरक्षित बस्न आग्रह गर्नु भएको छ । अछाम जेसीजले नगरपालिकाको अति दुर्गम स्थानमा आएर कम्तीमा १४ दिन सम्म खान पुग्ने गरी गरिब विपन्न वर्गलाई राहत वितरण गरेको धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रेम बहादुर थापाले जनताका नाममा राहत बितरण गर्ने क्रममा सबैले नगरपालिका नजिकका वडाहरुमा राहत बितरण गर्ने गरेको तर नगरपालिकाको समन्वयमा अछाम जेसीजले ठुलो मात्रामा आफ्नो वडामा राहत बितरण गरेकाले अन्यले पनि जेसीजबाट सिको गरी दुर्गमका वडाहरुमा राहत बितरण गर्नु पर्ने बताउनु भयो ।
राहत वितरण कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल थापा, वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर बोगटी लगाएतको सहभागीता रहेको थियो । राहत बितरण कार्यक्रमको संचालन अछाम जेसीज बर्ष २०२० का कार्यक्रम संयोजक लक्ष्मण शाहीले बताउनु भएको थियो । राहत बितरण कार्यक्रम को सन्चालन अछाम जेसीस बर्ष २०२० का कार्यक्रम सयोजक लक्ष्मण शाहीले गर्नु भएको थियो ।