काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्वास्थ्य संगठनका नेपालस्थित आवासीय प्रतिनिधि डा.जोस भान्डेयरसंग भेटवार्ता गर्नुभएकोछ । भेटमा डा.जोस भान्डेयरले नेपालमा कोरोना संक्रमण अझै बढ्न सक्ने चिन्ता ब्यक्त गर्दै महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरिरहेका कामहरु सकारात्मक रहको जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा भएको भेटमा डा. जोसले आगामी दिनहरु नेपालका लागि अझ खराब हुनसक्ने भन्दै त्यसका लागि पूर्बतयारी गर्न पनि सुझाव दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
उहाले क्वारेन्टिन, आइसोलेशन बेड र स्वास्थ्यकर्मीको यथेष्ट व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई दिनुभयो । यस्तै आपूर्ति ब्यबस्थाको चेन नटुट्ने गरी काम गर्न समेत उनले सुझाब दिनुभएको थियो ।










