१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दै, विजेता टोली सेमिफाइनल पुग्ने

च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दै, विजेता टोली सेमिफाइनल पुग्ने
अ अ+ अ-

एजेन्सी । आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को दशौं खेलमा आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दैछन् । लाहोरको गद्दाफी क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । अस्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । अफगानिस्तानले पनि एक खेल हारेको थियो भने अर्को जितेको थियो ।

च्याम्पियन्स ट्रफीको इतिहासमा भने अष्ट्रेलिया र अफगानिस्तान पहिलो पटक भिड्दैछन् । यी दुई टोलीले हालसम्म जम्मा ४ ओडिआई खेलेका छन् । जसमा अष्ट्रेलियाले सबै खेल जितेको छ । तर, अफगान टोलीलाई हल्का रूपमा लिन भने सकिँदैन । टोलीले आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिराएको थियो ।

आजको यो खेल जित्ने टोली समूह बी बाट सेमिफाइनलमा प्रवेश गर्नेछ । अफगानिस्तानको टोली हार्यो भने प्रतियोगिताबाट बाहिरिने छ भने काङ्गारु टोली हार्यो भने दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेलको नतिजामा भर पर्नेछ ।

अस्ट्रेलिया र अफगानिस्तान पछिल्लो पटक २०२३ को एकदिवसीय विश्वकपमा भिडेका थिए । यस खेलमा अफगानिस्तानले २९२ रनको लक्ष्यमा कंगारुको ९२ रनमा ७ विकेट गुमाएको थियो । त्यसपछि ग्लेन म्याक्सवेलको दोहोरो शतकको आधारमा टोलीले ४६.५ ओभरमा ३ विकेटले जित हात पारेको थियो । उक्त खेलमा अलराउन्डर म्याक्सवेलले १२८ बलमा २०१ रनको अविजित इनिङ खेलेका थिए ।

पिच रिपोर्ट

गद्दाफी रंगशालाको पिच ब्याटिङमैत्री भएकोले यहाँ उच्च स्कोरका खेलहरु खेलाइन्छ । स्टेडियममा हालसम्म ७१ ओडीआई खेलिएको छ । जसमा पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेको छ भने बलिङ गर्ने टोलीले ३३ खेल जितेको छ । योसँगै एक खेलको नतिजा आउन सकेन । यहाँ उच्चतम स्कोर ३७५/३ हो, जुन पाकिस्तानले २०१५ मा जिम्बाब्वे विरुद्ध बनाएको थियो । गद्दाफी स्टेडियममा सर्वाधिक रनको चेज ३५६/५ हो, जुन यसै प्रतियोगितामा अष्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध गरेको थियो ।

दुबै टोलीको सम्भावित प्लेइङ:११

अष्ट्रेलियाः स्टिभ स्मिथ (कप्तान), म्याथ्यु सर्ट, ट्राभिस हेड, मार्नस लाबुसचेन, एलेक्स केरी, जोश इङ्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, बेन द्वारसा, नाथन एलिस, स्पेन्सर जोन्सन र एडम जाम्पा।

अफगानिस्तानः हस्मातुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, रहमानउल्लाह गुरबाज, सेदिकुल्लाह अटल, रहमत शाह, अजमातुल्लाह ओमरजाई, मोहम्मद नाबी, गुलबादिन नाइब, राशिद खान, नूर अहमद र फजल हक फारुकी।