२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले यो पर्व मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

अध्यक्ष दाहालले सामाजिक सञ्जाल फेसबुकमा “शेर्पा समुदायलगायत बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्याल्पो ल्होसारले विविधतायुक्त नेपाली समाजको चरित्रलाई आत्मसात गर्दै पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकता थप सुदृढ गर्न महत्वपूर्ण प्रेरणा मिल्ने विश्वास लिएको छु,” लेख्नुभएको छ ।