२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रारा आगलागी अपडेट: पर्यटक सुरक्षित



अ+ अ-

मुगु । यहाँस्थित रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागी भएको घट्नापछि  यहाँ घुम्न आएका सबै आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार गोपाल बमले सञ्चालन गरेको ‘डाँफे’ होटलमा आगो लागेको थियो । आगलागी भएपछि ग्यास सिलिण्डर पड्किँदा पाँचवटा घर जलेर नष्ट भएका थिए । “काठका चार घर र ढुङ्गा माटोबाट निर्मित एउटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ”, उहाँले भन्नुभयो ।

आगो निभाउने क्रममा होटल सञ्चालक बम र होटलका भान्से जगत थापा सामान्य घाइते भएका प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो । दुवैजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आगालागीबाट पाँचवटै घरका सम्पूर्ण सामान नष्ट भएका छन् ।

“आगलागी हुँदा त्यहाँ ७९ पर्यटक रहेका थिए । उनीहरु सबैलाई त्यहाँ सुरक्षार्थ खटिएको हनुमानध्वज गुल्मका सैनिकले सुरक्षित स्थानमा लगेका थिए”, उहाँले भन्नुभयो । राति नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घट्नास्थलमा पुगेर आगो निभाएका थिए ।

आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्रहरी नायब उपरीक्षक सरोज गिरीसहितको टोली रारा पुगेको थियो । आगो निभाउन ताल्चा विमानस्थल सुरक्षार्थ खटिएको टोली पनि त्यसतर्फ गएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।