१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धान्त भट्टलाई त्रिवि केन्द्रीय क्याम्पसको सभापति उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय



अ+ अ-

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ ।

हाल विश्वविद्यालय क्याम्पसको स्ववियु सचिव समेत रहेका भट्टलाई अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालको उपस्थितिमा सभापति उम्मेदवारको घोषणा गरिएको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

भट्टले विश्वविद्यालय सुधारका लागि विभिन्न रचनात्मक आन्दोलनको नेतृत्व गर्दै आईरहेका छन् । गत मंसिरमा उनले ३५ बुँदे माग राख्दै विश्वविद्यालयभित्र झाङ्गिँदै गएको विकृति विसङ्गति र बेतिथि अन्त्य गरी स्वच्छ शैक्षिक प्राज्ञिक वातावरण निर्माण गर्न र आउने पुस्तालाई अहिले विद्यार्थीले भोग्दै आएको समस्याबाट छुटकारा दिलाउन भन्दै सत्याग्रह समेत गरेका थिए ।

स्ववियुको चुनाव आगामी ५ चैतमा हुँदैछ ।