२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन आवश्यकः स्वास्थ्यमन्त्री



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीवार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य सेवा सहज उपलब्ध हुने अवस्था सिर्जना भएपनि प्रभावकारी बनाउन नसकिएको स्वीकार गर्नुभयो । उहाँले कामको अनुभवबाट पनि स्वास्थ्य सेवा प्रवाह विकसित र परिवर्तन गर्दै जानुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य सेवा दिनै नसकिने फितलो अवस्थामा नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज स्वास्थ्य सेवा एकदमै फितलो अवस्थामा छ, परिणामै दिन नसक्ने स्थितिमा छ, स्वास्थ्य क्षेत्रमा सेवा उपलब्ध हुनै नसकेको भन्ने होइन । सेवा उपलब्ध हुने स्थिति बनेको छ तर पूर्ण हुने अवस्था छैन । प्रभावकारी हुन सकेको छैन, व्यवस्थित हुन सकेको छैन । आजको चुनौति भनेको स्वास्थ्य सेवालाई प्रभाकारी र व्यवस्थित बनाउने हो । त्यसैले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा हामीले जे अभ्यास गर्दै आइरहेका छौँ, त्यो अभ्यासलाई कतिपय सन्दर्भमा बदल्नु जरुरी छ, कतिपय हाम्रो अनुभवबाट विकसित गर्नुपर्ने विषयहरु छन् । कतिपय नयाँ विषय ल्याउनुपर्ने अवस्था छ । त्यसैले ती सबै सन्दर्भलाई पहिचान गरेर हामीले व्यवस्थित स्वास्थ्य नीति अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

मन्त्री पौडेलले विशिष्ट क्षमता भएका व्यक्तिले मात्रै स्वास्थ्य सेवा दिनसक्ने बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीले दबाबमा काम गर्न नसक्ने भन्दै दबाबमुक्त भएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्यभुति सरकारले दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो काम विशिष्टकृत क्षमता भएका व्यक्तिले गर्ने काम हो, त्यसैले तिम्रो क्षमता अलि विशिष्टकृत छ भन्ने कुरा रिकग्नाइज गर्नुप¥यो । यो काम अलि दुःख पनि हुन्छ । डाक्टर नर्सले दबाबमा गर्न सक्दैनन् । मैले त्यो काम गर्न सक्तिन, कसैले ब्लड झिकिरहेको देख्दा मलाई डर लाग्छ । तर म जस्तै मान्छेले त्यो काम गर्छ । अप्रेसन गर्छ, ब्रेन र मुटुको अपरेसन गर्छ । त्यसैले यो काम दबाबमा गर्न सकिँदैन । उहाँहरुलाई दबाब मुक्त बनाउनुप¥यो । काम गर्ने वातावरण बनाउनु प¥यो । कसैले आवेगमा आएर केही गरी दियो भने मेन्टली असुरक्षित बनिरहने वातावरण बनिरहन्छ । त्यस्तो नहुने वातावरण हामीले निर्माण गर्नुप¥यो ।’

मन्त्री पौडेलले सिमित पूर्वाधार, जनशक्ति र उपकरणले स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बाध्यता भएको बताउनु भयो । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।