२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला मध्यमा परिक्रमा शुरु



अ+ अ-

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा शुरु भएको छ ।

बिहीवार मिथिला मध्यमा परिक्रमाको डोला मिथिला विहारी नगरपालिकास्थित कचुरी मठबाट निस्किएको हो ।

फागुन औँसीका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मुल डोला सञ्चालन गर्ने परम्परा रहेको छ । सो डोलामा सीतारमको मूर्ति सजाएर परिक्रमा गर्ने गरिन्छ । मिथिला बिहारीको डोला तथा जनकपुरधामस्थित अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि मध्यमा परिक्रमाको विधिवतरुपमा शुरुवात गर्ने परम्परा रहेको मिथिला विहारी कचुरी मठका महन्थ रामनरेश शरणले बताउनु भयो । मिथिला विहारी मठबाट निकालिएको मिथिला विहारीको डोला आज जनकपुरधामस्थित हुनमान नगरमा विश्राम गर्ने उहाँको भनाइ छ । परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु शुक्रवार बिहान पूजा अर्चना गरेर भारत बिहारको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।

नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा जनकपुरधामको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फूलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर परिक्रमा जनकपुरधाम फर्केर विश्राम गर्छन् । फागुन पूर्णिमाका दिन परिक्रमामा सहभागीहरु जनकपुरधामको परिक्रमा अर्थात अन्तगृह परिक्रमा पूरा गरेर घर फर्कने गर्दछन् । परिक्रमामा सहभागी श्रद्धालुहरु नेपालको १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा गर्छन् ।