१७ असार २०८३, बुधबार
,
Latest
शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका १२५ फोटो पत्रकारहरु को पिसिआर टेष्ट सम्पन्न



अ+ अ-

काठमाडौं  । विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुकोे आज भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवमा आवद्धरहेका र विभिन्न संञ्चार गृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पिसिआर कोभीड९१९ को परिक्षण भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा गरिएको हो । 

विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकारलाई कोरोना संक्रमण देखिन थालेपछि आज उपत्यकामा आज करिब १२५ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको हो । देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि आज समन्वय गरेको हो ।

देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परिक्षण तिव्रपारीएको छ । 

स्वास्थ सेवा विभाग टेकुको सहयोगमा उक्त पिसिआर टेष्ट सम्पर्न भएको हो साथै उक्त टेष्ट गर्नको लागि विषेश पहल गरि दिनुभएकोमा स्वास्थमन्त्री का प्रेश संयोजक माधव तिवारीलाई विषेश धन्यवाद दिन चाहान्छौं ।

उक्त पिसिआर हाल काठमाडौंमा रहेका फोटोपत्रकाहरुलाई कोभिड पोजेटिभको लक्षण देखिएकाले सम्पूर्ण अग्रपङ्तीमा कार्यरत फोटोपत्रकारको स्वाव संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले वताए ।