२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 2.06

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

क्योउदाईन्यूजका प्रधानसम्पादक गौतमलाई धम्की दिनेलाई कारबाही गर्न पत्रकार महासंघको माग



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघले जापानबाट सञ्चालित नेपाली अनलाइन न्यूज ‘क्योउदाईन्यूज’का प्रधानसम्पादक दीपक गौतमलाई धम्की दिनेलाई कानुनी कारबाही गर्न माग गरेको छ ।

महासंघका महासचिब रामप्रसाद दाहालले एक बिज्ञप्ति जारी गर्दे समाचारको विषयलाई लिएर प्रधानसम्पादक गौतमलाई धम्की दिने केबीएल इन्टरनेसनल कम्पनीका अध्यक्ष कुमार कार्कीलाई कारबाही गर्न माग गरेको हो ।

कुनै पनि सञ्चारमाध्यममा प्रकाशित समाचारमा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जाने प्रावधान रहँदा रहँदै सो अभ्यासविपरीत पत्रकारलाई धम्क्याउने कदमलाई महासंघले खेद प्रकट गरेको छ । त्यस्तै सो कदमले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको र प्रेस स्वतन्त्रताविरोधी उक्त हर्कतको महासंघले कडा भर्त्सना गरेको छ ।

क्योउदाईन्यूजले केबीएल इन्टरनेसनल कम्पनीको बदमासीबारे समाचार प्रकाशित गरेको थियो । महासंघका अनुसार उक्त कम्पनीले नक्कली सिओइ बनाइ नेपालबाट जापान मान्छे पठाउने गरेको विषयमा क्योउदाईन्यूजमा समाचार प्रकाशित भएको थियो ।

सोही बिषयलाई लिएर फागुन १२ गते कम्पनीका अध्यक्ष कार्कीले महासंघ जापान शाखाका सल्लाहकारसमेत रहेका गौतमलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक कारबाहीको धम्की दिँदै भ्वाइस मेजेस पठाएका थिए ।