१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

कास्की । कोरोनाभाइरस संक्रमणबाट पोखरामा थप एक जनाको ज्यान गएको छ।

पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि उनलाई सोही दिन कोभिड–१९ उपचार केन्द्रको आइसियूमा राखेर उपचार गरिएको थियो । 

योसहित पश्चिमाञ्चल अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।