१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

मालिका भगवती मन्दिर पुनर्निर्माण थालियो

मालिका भगवती मन्दिर पुनर्निर्माण थालियो
अ अ+ अ-

गलकोट । यहाँको प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुनर्निर्माण थालिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ५४ लाखबाट पुनर्निर्माण थालिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाले जानकारी दिनुभयो ।

“परापूर्वककालदेखि थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा सानो सिमन्टको मन्दिर निर्माण भएको थियो, उक्त मन्दिर जीर्ण भएपछि अहिले पर्यटन मन्त्रालयको पहलमा पुनर्निर्माण थालिएको हो”, सापकोटाले भन्नुभयो, “दिव्य शिलालाई घेरेर ढुङ्गा र काठबाट कलात्मक रुपमा मन्दिर पुनर्निर्माण भइरहेको छ ।”

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको पगोडा शैलीमा मन्दिर निर्माण भइरहेको र अन्य दाताले सहयोग गरिरहेकाले चालु आवमै मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेलमैदानलगायत पूर्वाधार निर्माण हुने उहाँले बताउनुभयो ।

अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका आयात गरिएको बताउनुभयो ।

ललितपुरका कालीगढबाट ढुङ्गा कँुदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माण हुनेछ । मल्लकालीन थानलाई मालिका भगवतीको रुपमा लिइएको किंवदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पूजा गर्ने प्रचलन छ । रासस