१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका कार्यकर्ता सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्दै



अ+ अ-

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर–८ ले कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिएको छ । वडाका सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक औषधि वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले बताए।
 
होम आइसोलेसनमा रहेकाहरुसँगै सम्पर्कमा आएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ । सङ्क्रमितको अवस्थाबारे जानकारी लिएपछि समस्या भएकालाई तत्काल अस्पताल लैजान सहज हुने अध्यक्ष पोखरेलले बताए । नेकपा विराटनगर–८ ले तेस्रो चरणको अभियानअन्तर्गत होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थासँगै १६ वटा घरको निर्मलीकरण गरिएको जनाएको छ । बलुवाही, विश्वकर्माचोक,  जिम्दार टोल र राजवंशी टोलका २०० घरमा निर्मलीकरण कार्य सम्पन्न गरिएको उहाँले जानकारी दिए।
  
होम आइसोलेसनमा रहेका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइन्चार्ज सरस्वती ओझाले बताए । वडाकमिटी अध्यक्ष पोखरेल, सचिव ज्ञान बहादुर कार्की, सदस्यहरु भुवन राजवंशी, सीताराम  राजवंशी, अशोक राजवंशी, राकेश राजवंशी, सन्तोष राजवंशीलगायतकोे सक्रिय सहभागितामा होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिनुका साथै  निर्मलीकरण अभियान चलाइरहेको हो ।