१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

कसैको दया र मायाले माओवादी ठूला पार्टी बनेको होइनः अध्यक्ष दाहाल

कसैको दया र मायाले माओवादी ठूला पार्टी बनेको होइनः अध्यक्ष दाहाल
अ अ+ अ-

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कसैको दया र मायाले माओवादी विगतमा सबैभन्दा ठूलो पार्टी नबनेको बताउनुभएको छ ।

मंगलवार मोरङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कसैको दया र मायाले आफू तीन÷तीन पटक प्रधानमन्त्री नबनेको भन्दै जनताको साथ र विश्वासले बनेको दाबी गर्नुभयो । उहाँले विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको बिरोध र भण्डाफोर गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले आफू नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका बिरुद्ध चलाएकै कारण सरकारबाट हट्नुपरेको दोहा¥याउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘दलाल, विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी रबैयाको बिरोध र भण्डाफोर गर्न जरुरी छ । मलाई लाग्छ, नेपाली जनताले आम रुपमा बुझेको कुरा के छ भने यो सरकार जो बन्यो, मेरो नेतृत्वको अघिल्लो सरकारले भ्रष्टाचारका बिरुद्ध चलाएको अभियान, चाहे त्यो राजनीतिक दलका नेताहरु होउन्,चाहे ठूला हाकिमहरु हुन्, चाहे भूमाफिया, विचौलियाहरु हुन्, तिनीहरुको बिरुद्ध अभियान चलाएकै हुनाले उनीहरुले नै पार्टीका नेताहरुलाई कन्भिन्स गरेर भनौँ, वा कडा भाषामा भन्दा किनेर, दलालहरुलाई खरिद गरेर र हामीलाई बाहिर पुर्याए । हामीलाई कसैले दया माया गरेर देशको ठूलो पार्टी बनाएको होइन, कसैले दया माया गरेर तीन तीन पटक प्रधानमन्त्री बनाइदिएको होइन । नेपाली जनताको भरोसा र विश्वास, त्याग र तपस्या, जनताका माग र मुद्दाप्रति लिएको अडानकै कारण जनताले पु¥याएको हो ।’

अध्यक्ष दाहालले जनतासँगको विश्वास गुमाउँदा माओवादीहरु अलि बिग्रिएको र अब नहुने बताउनु भयो ।