६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एकै घरका १४ जनामा कोरोना संक्रमित भएपछि…

एकै घरका १४ जनामा कोरोना संक्रमित भएपछि…
अ+ अ-

भक्तपुर । रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार , एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै सङ्क्रमणको कारक बन्न पुग्यो । 
    
सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत नै छन् । भदौ ७ मा नागरिक अस्पतालमा अन्य पाँच जनाको पिसीआर परीक्षण गरियो । उनीहरुको रिपोर्ट पनि पोजेटिभ आयो । भदौ ७ मा निजामती अस्पतालमा भर्ना भएकी सङ्क्रमितकी छोरी ८ गते सुत्केरी भइन् र ९ गते डिस्चार्ज भइन् । बुबालाई कोरोना सङ्क्रमण भएर पाटन अस्पताल लगेपछि सोही अस्पतालमा रु पाँच हजार ५००  तिरेर उहाँले पनि १० गते पिसीआर गर्नुभयो । ११ गते सुत्केरीमा पनि सङ्क्रमण देखियो । परिवारका अन्य १० जनाको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा पिसीआर गरियो । अन्ततः परिवारका सबैमा कोरोना सङ्क्रमण देखियो ।  उनीहरुलाई कहाँ जाने र के गर्नेको अवस्थामा पु¥यायो । “बुबालाई शुरुमा कोरोनासँग मिल्ने लक्षण देखियो । साधारण रुघा, ज्वरो होला भनेर घरमै बसियो, कम नभएपछि कोरोना परीक्षण गराउँदा तीन दिनमा रिपोर्ट आयो । लक्षण देखेर रिपोर्ट आउने बेलासम्ममा घरमा बसेको एक साता भइसकेको थियो । त्यसपछि बल्ल उहाँलाई उपचारका लागि पाटन अस्पताल लगियो,” परिवारका एक सदस्य भने ।  

जनस्वास्थ्य कार्यालयले घरमै बस्नु कहीँ नजानु भनेपछि परिवार सबै घरमै बसेका थिए । सङ्क्रमित एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचालयबाटै परिवारका अन्य सदस्यमा पनि कोरोना सङ्क्रमणक भएको अनुमान जिल्ला स्वस्थ्य कार्यालयको छ । 

एकबाट १४ जनामा सङ्क्रमण फैलिनु त्यो परिवारका लागि निकै कष्टकर समय थियो । चार दिन र तीन महिनाका दुई सुत्केरी, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृद्धासहित उनीहरुको परिवारलाई न दिनमा भोक, न रातमा निद्राझैँ भएको बेलामा अर्को आपत्ति आइलाग्यो । वडाध्यक्षसहितको जनप्रतिनिधि र स्थानीय केही व्यक्तिले टोलमा सङ्क्रमण फैलिन सक्छ भन्दै प्रहरीकै अगाडि घर छाड्न दबाब दिन थालेको  बताइएको छ । “एकातिर जनस्वास्थ्य कार्यालयले घर नछाड्नु अन्त पठाउन सकिन्न भन्छ, अर्कोतर्फ स्थानीय घर छाडेर उपचारमा जाओ भन्छन्, उपचार गर्न कसलाई मन हुँदैन र रु अब के गर्ने रु कहाँ जाने रु त्यही बेलामा वडाध्यक्षले बोलाएको भन्दै १०२ को एम्बुलेन्स आएपछि सबैले दबाब दिए, हामी बाध्य भएर एम्बुलेन्स चढ्यौँ”, परिवारका एक महिलाले भन्नुभयो । 

एम्बुलेन्स विद्युत् प्राधिकरणको खरिपाटीस्थित आइसोलेसनमा पुगेर बच्चासहितको परिवार ओर्लियो । यसपछि स्वाथ्यकर्मीलाई तनाव भयो । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले यस्तो विपद्मा बच्चा बोकेर सुत्केरी आइसोलेसनमा आउनु पीडादायक भएको बताउँदै सुत्केरीलाई स्याहार नहुने भएकाले घरमै फर्काउन माथिल्लो निकायसम्मलाई भन्नुपरेको बताउनुभयो । 

स्वास्थ्यकर्मीले घर फर्किन भनेपछि सङ्क्रमितका परिवार झन् पीडामा पुगे । गाउँले घर नबस भन्छन्, आइसोलेसनका स्वास्थ्यकर्मी यहाँ नबस भन्छन्, अब जाने कहाँ, महिला, बालक र ज्येष्ठ नागरिकको मनमा निकै पीडा भयो । अन्तत ः शुक्रबार राति ९ बजे पुनः एम्बुलेन्समा राखेर सबै परिवारलाई बोडेस्थित टहरामै फर्काइयो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सङ्क्रमितलाई सहयोग गर्नुपर्नेमा स्थानीयवासीले नै घर छोड्न दबाब दिएको थाहा पाएपछि तत्काल प्रहरीलाई उनीहरुको घरमै बस्ने व्यवस्था मिलाउन र अवरोध गर्नेलाई कारवाही गर्न भनेपछि राति उनीहरुलाई फर्काइएको जानकारी दिनुभयो । उहाँले विपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्नेमा अपहेलना गर्नु कानूनविपरीत रहेको जनाउँदै मानिसमा मानवता हराउँदै गएको आभाष भएको बताउनुभयो । बोडेका सङ्क्रमित परिवारलाई अहिले वडाध्यक्षसहितका केही स्थानीयवासीले खाद्यान्नलगायतका सामग्री सहयोग गरेको र उनीहरुलाई भित्रै बस्न भनिएको छ । 

आइसोलेसनमा सुत्केरीको स्याहार नपुग्ने भएकाले घरमै फिर्ता गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताउनुभयो । सरकारको नीतिअनुसार पनि होम आइसोलेसनमा बस्नुपर्ने भएकाले सबैलाई आइसोलेसनमा राख्न नसकिने उहाँले जानकारी दिनुभयो ।
 
मध्यपुरथिमि नगरपालिका–९ का अध्यक्ष रामकाजी चक्रधरले जनप्रतिनिधि र स्थानीयवासीको गलत नियत नभएको दाबी गनर््ुभयो । उहाँले भन्नुभयो, “सुत्केरी र बालबालिका भएकाले एउटै टहरामा एउटै भान्छा, एउटै शौचालयले थप समस्या पार्न सक्छ भनेर आइसोलेसनमा पठाउने व्यवस्था गरेका हाँै, तर निकाल्यो भनेर हल्ला गरेछन्, अहिले हामीले नै उनीहरुलाई सहयोग गरिरहेका छौँ ।”

भक्तपुरको बोडेमा तीनभन्दा बढी परिवार, लोकन्थली, गठ्ठाघर, बालकोट, पाण्डुबजार, कटुञ्जे, सूर्यविनायक, सिपाडोल, मध्यपुरथिमि, बागेश्वरीलगायतका क्षेत्रमा परिवारमा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित परिवार होमआइसोलेसनमा बसेको जनाउँदै यसरी बस्नेको एउटै भान्छा र शौचालय प्रयोग गर्दा परिवारमा सङ्क्रमण फैलिएको पाइएको उहाँको भनाइ छ ।