२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिप फाइनलः मद्यपान तथा नशालु पदार्थ सेवन गरेमा गेटबाट प्रवेश नपाइने



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फोर नेसन्स महिला च्याम्पियनसिप फाइनल खेलमा मद्यपान तथा नशालु पदार्थ सेवन गरेर आएमा प्रवेश नपाइने बताएको छ ।

फाइनल खेलअघि पत्रकार सम्मेलनमा एन्फाले शिवरात्रिको दिन मद्यपान तथा नशालु पदार्थ सेवन गरेर आउने सम्भावना रहेको भन्दै त्यसरी आएमा इन्ट्री नहुने जानकारी गराएको हो ।

साथै एन्फाले विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा बिना मैदानमा नआउन पनि आग्रह गरेको छ । बिना निमन्त्रणा मैदान आउँदा व्यवस्थापन गर्न गाह्रो हुने भन्दै निमन्त्रणा नभएको विशिष्ट व्यक्ति मैदानमा नआउन आग्रह गरिएको हो ।

च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । फाइनल खेलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार टिकट दर तोकिएको छ ।

फाइनल खेलमा निर्धारित समय बराबरी भए अतिरिक्त ३० मिनेट थप हुने र त्यसपछि पनि बराबरीमा भएमा खेल पेनाल्टी सुटआउटमा जाने एन्फाले जनाएको छ ।