१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाई अभियान हुने

महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पाँच दिन विशेष सरसफाई अभियान हुने
अ अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मुल समारोह समिति तथा उपसमितिहरु गठन गरेको छ ।

सोमवार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमिमितका परिषद् सदस्य राजकुकार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताउनु भयो । फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाईको व्यवस्था समेत गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘२०८१ साल फागुन १४ गते बुधबार २६ फ्रेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान पर्व शिवरात्री पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरुको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउनका लागि पशुपति क्षेत्र विकास कोषले देहाय अनुसारको उपसिचि गठन गरी कार्य विभाजन गरी विभिन्न तयारी गरेको बारेमा यहाँको विज्ञ जनमा जानकारी गराउन चाहन्छु । वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्था २०८१ फागुन १२ गते बिहानदेखि १६ गतेसम्म पशुपति क्षेत्र विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ ।’

कोषले मांस, मदिरा, गाँजा, भाङ आदिको भण्डारण तथा विक्री वितरण तथा ओसारपसार नगर्न तथा नगराउन सचेत गराएको छ । यस्तै स्थानीय बासिन्दाहरुले स्थानीय वडा कार्यालयहरुमार्फत जारी गरिएको परिचय पत्र तथा कोषबाट जारी परिचय पासबाट सहजरुमा आवतजावत गर्नसक्ने कोषले जनाएको छ ।