२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीको एक्स्ट्राटेक मैदानमा पाँचवटा फ्लड लाइट जडान



अ+ अ-

काठमाडौँ। रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सम्पन्न भएको छ । नेपालमा कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलोपटक हो ।

एक्स्ट्राटेक मैदानमा करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए । सोमबारदेखि लाइट टेस्टिङको काम सुरु गरिने उनले बताए ।

०८० साल जेठ २९ गते शिलान्यास भएको मैदान ०८० फागुनमै तयार भएको थियो । फागुन २८ मा मैदानको उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरले बताए । साथै, मैदानमा प्याराफिट लगायत अन्य भौतिक संरचनाका कामहरु पनि अगाडि बढिरहेको उनले बताए ।