काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलको न्हुँ पुखुको पूर्वपट्टीका संरचनामा डोजर चलाएको छ ।
सोमबार बिहान महानगरले न्हुँ पुखु (पोखरी) संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य १६ वटा सटरहरूमा डोजर चलाएको हो ।
प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा महानगरले डोजर चलाएको हो । न्हुँ पोखरीलाई वडा कार्यालयलगायतले संरचनाले छेकिने हुँदा त्यसलाई बाहिरबाटै देखिने गरी संरचना बनाउनको लागि डोजर चलाईएको ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुले जानकारी दिए ।
त्यहाँको वडा कार्यालय एक महिना अघि नै महालक्ष्मीस्थानमा सरिसकेको छ।











