बुटवल । रुपन्देहीमा होम आइसोलेसनमै बसेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थका अनुसार ति महिलामा भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।











