८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै



अ+ अ-

काठमाडौँ। सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ । आज दिउँसो २ बजे मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङगशालामा हुने उपाधिा भिडन्तमा दुबै टोली उपाधि हात पार्न उच्च मनोबलका साथ मैदानमा उत्रिने छ ।

पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ गोल अन्तर पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो भने दोस्रो सेमिफाइनलमा थ्रि स्टार क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै मच्छिन्द्र क्लब फाइनलमा चर्च ब्वाईजसँगको भेट पक्का गरेको हो ।

मच्छिन्द्र क्लब अघिल्लो छैठैँ संस्करणको बागमती गोल्डकप प्रतियोगिताको उपाधि विजेता टिम हो । अघिल्लो संस्करणको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको थियो । मच्छिन्द्रले दोस्रो पटक उपाधि रक्षा गर्ने लक्ष्यका मैदानमा उचिनेछ भने चर्च ब्वाईज साविक विजेता टिमलाई पराजित गर्दै पहिलो पटक उपाधि हात पार्ने रणनीतिका साथ मैदान छिर्नेछ ।

प्रतियोगिताका विजेता टिमले पुरस्कारस्वरुप नगद रु १० लाख हात पार्नेछ भने उपविजेतालाई नगद रु पाँच लाख प्रदान गरिने बागमती गाउँपालिका खेलकुद विकास समितिका संयोजक रहरसिंह थिङले जानकारी दिनुभयो । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको छ ।