१७ असार २०८३, बुधबार
,
Latest
कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल झापामा फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा बिचार र बिधि मिलाउनु पर्छ  – पुष्पकमल दाहाल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले विचार मात्रैले पनि पार्टी नबन्ने  र विधि मात्रैले पनि पार्टी  नबन्ने भन्दै बिचार र बिधि मिलाउनु पर्ने अभिब्यक्ति सार्बजनिक गर्नुभएको छ  । 

नेकपा सचिवालय बैठक बस्ने अगिल्लो दिन सोमबार दहालले ट्वीटर ह्याण्डलमा मार्फत “पार्टी भनेको बिचार र विधि भएको जनाउनु भएको हो ।  उहाले थप लेख्नु भएको छ  अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।” लामो समय सम्मको रस्साकस्सि पछि हाल नकेपाको बिवाद केही मथ्थर भएको  छ । 

अध्यक्ष केपी ओली र दहालले सयुक्त रुपमा गठन गरेको कार्यदलले समस्याको पहिचान गरी समाधानको उपाय सहित बुझाएको प्रतिबेदन माथी छलफल गर्न मंगलबार नेकपा सचिवालय बैठक बस्दैछ । अबका दिनमा  पार्टी संग सल्लाह गरेर मात्र सरकारका काम कारबाही अघि बढाउने सहमति भएपनि प्रधानमन्त्री ओली कतिपय बिषयमा एक्लै अघि बढेपछि दहाललको असन्तुष्टि सामाजिक संञ्जाल मार्फत ब्यक्त गर्नु भएको हुन सक्छ । सरकारले गरेका राजनीतिक  नियुक्तिहरु बिवादमा पर्दे जानु, अन्य नेताहरुको भूमिका लाई महत्व नदिनुले पनि हिजो दुई अध्यक्ष बिच अफै पूर्ण रुपमा मन नमिलेको रुपमा दहालको यो भनाईलाई लिन सकिन्छ । 

मन्त्री मण्डलको पूर्नगठन , केही मुख्यमन्त्रीको परिबर्तन लगायतका बिषयमा छलफल गरी कार्यन्वयन गर्ने सहमति भएपनि अध्यक्ष ओलीले मुख्यमन्त्री कायम नै रहने  तथा सरकारले सबै काम ठिक नै गरेको दाबी गरेपछि फेरी बिगतको बिमति नेकपा भित्र नबढ्ला भन्न सकिदैन ।




भर्खरै